डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो



डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो।

यसअघि बुधबार दिइएको जानकारीमा करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो। उक्त घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा २०० जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस घटनापछि आँफै सुरक्षित स्थलमा भाग्न सफल भएका थिए। स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ। उहाँले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए।

पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताए। राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गर्नुभएको थियो भने तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका थिए। उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा