चिनियाँहरु रुसका लागि लडिरहेको जेलेन्स्कीको भनाइको बेइजिङद्वारा आलोचना



बेइजिङ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेइजिङलाई आफ्ना नागरिकहरू रुसद्वारा सङ्घर्षमा लड्न भर्ती भइरहेको थाहा भएको बताएपछि चीनले बिहीबार युक्रेन युद्धका पक्षहरूलाई ‘गैरजिम्मेवारपूर्ण टिप्पणी’ नगर्न चेतावनी दिएको छ ।

युक्रेनी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई चिनियाँ सैनिकलाई पक्राउ गरेको दाबी गरेको एक दिनपछि मस्कोको आक्रमणमा सहयोग गर्न तैनाथ गरिएका एक सय ५५ चिनियाँ नागरिकको विवरण किएभसँग रहेको जेलेन्स्कीले बुधबार बताएका थिए ।

बिहीबार जेलेन्स्कीको भनाइबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले ‘सम्बन्धित पक्षहरूलाई’ ‘गैरजिम्मेवारपूर्ण टिप्पणी व्यक्त गर्नबाट टाढा रहन’ भन्यो ।

“हामी सम्बन्धित पक्षहरूलाई चीनको भूमिका सही र स्पष्ट रूपमा पहिचान गर्न सल्लाह दिन्छौँ”, मन्त्रालयका प्रवक्ता लिन जियानले युक्रेन वा जेलेन्स्कीको नाम उल्लेख नगरी नियमित समाचार ब्रिफिङमा भने ।

रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको भन्दै पश्चिमी सरकारहरूले आलोचना गरे तापनि तीन वर्षको युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ ।

“युद्ध कारबाहीमा चिनियाँ नागरिकहरूको प्रत्यक्ष संलग्नता… युद्ध विस्तार गर्ने दिशामा एक जानाजानी कदम हो”, जेलेन्स्कीले बुधबार भने ।

“उनीहरूले अन्य देशहरूलाई युद्धमा तान्छन्”, जेलेन्स्कीले रुसका बारेमा भने, “मलाई विश्वास छ कि उनीहरूले अब चीनलाई यो युद्धमा तान्दैछन् ।”

लिनले बेइजिङले ‘सधैँ आफ्ना नागरिकहरूलाई… कुनै पनि प्रकारको सशस्त्र द्वन्द्वमा संलग्न हुनबाट जोगिन आवश्यक रहेको’ बताए ।

“चीन युक्रेन सङ्कटको निर्माता वा पक्ष होइन । हामी शान्तिपूर्ण समाधानका कट्टर समर्थक र सक्रिय प्रवद्र्धनकर्ता हौँ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक