गाजामा स्वास्थ्य सङ्कटः ६० हजार बालबालिका कुपोषणको शिकार



गाजा । गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् । यो सङ्कट इजरायलद्वारा जारी गरिएको नाकाबन्दीका कारण उत्पन्न भएको हो, जसले खाद्यान्न, मानवीय सहायता र चिकित्सा आपूर्ति गाजामा प्रवेश गर्न रोकिएको छ ।

गाजा स्थित स्वास्थ्य अधिकारीहरूले नाकाबन्दीले अत्यावश्यक पोषण र स्वास्थ्य सेवामा गम्भीर प्रतिबन्ध लगाएको बताएका छन्, जसले गाजा क्षेत्रमा रहेका बालबालिकाहरूको स्वास्थ्यलाई थप सङ्कटमा पारिरहेको छ । कुपोषणका कारण शारीरिक र मानसिक विकासमा समस्या आउन सक्ने र उनीहरूको रोग प्रतिरोधक क्षमता कमजोर पार्ने सम्भावना बढेको छ ।

अधिकारीहरूले गाजा क्षेत्रमा पर्याप्त मात्रामा खाद्यान्न र सफा पानीको अभाव रहेको चेतावनी दिएका छन्, जुन बालबालिकाहरूको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । पोलियो भाइरसविरुद्धको खोपको अभावले गाजा क्षेत्रमा भविष्यमा स्वास्थ्य समस्याहरू झन् गम्भीर बनाउन सक्ने जोखिम पनि उत्पन्न भएको छ ।

संयुक्त राष्ट्र सङ्घको मानवतावादी सहायता समन्वय कार्यालयले २ मार्चदेखि गाजा जाने सबै सीमा नाकाहरू बन्द रहेका जनाएका छन्, जसले मानवीय र व्यापारिक ढुवानीलाई प्रभावित गरेको छ ।

यस नाकाबन्दीलाई संयुक्त राष्ट्रले सन् २०२३ अक्टोबर महिनामा इजरायल र हमास बीचको सङ्घर्षको तीव्रता पछि सबैभन्दा लामो निरन्तर नाकाबन्दीको रूपमा चिन्हित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’