नेतन्याहूद्वारा ट्रम्पसँग कर छुटका लागि आग्रह



वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । उनी विश्वलाई तरङ्गित पारेको अमेरिकी करबाट मुक्त हुन व्यक्तिगत रूपमा अनुरोध गर्ने पहिलो विदेशी नेता बनेका छन् ।

गत जनवरीमा अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा फर्केपछि दोस्रो पटक ट्रम्पसँग भेटवार्ता गरेका नेतान्याहुले इरान र गाजाविरूद्धको अभियानका लागि पनि थप सहयोग खोज्ने अनुमान गरिएको छ ।

उनीहरूबीचको छलफलबारे तत्काल केही कुरा सार्वजनिक भने हुन बाँकी छ । इजिप्ट, कतारलगायत अमेरिकाको मध्यस्थतामा भएको गाजा युद्धविराम अवरूद्ध भएको अवस्थामा उनीहरूबीच भेटवार्ता भएको हो ।

फ्लोरिडामा गल्फ खेलसकेर फर्कने क्रममा आइतबार एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, “हामी व्यापारको बारेमा स्पष्ट कुरा गर्न गइरहेका छौँ ।”

हङ्गेरीको भ्रमणबाट सीधै वासिङ्टन आइपुगेका नेतन्याहूको मुख्य उद्देश्य ट्रम्पलाई यो निर्णय उल्ट्याउन वा इजरायली आयातमा लगाइने १७ प्रतिशत करलाई कम गर्न राजी गराउने प्रयास गर्नु रहेको छ ।

बुडापेस्ट छोड्नुअघि नेतन्याहूले आफ्नो वार्तामा ‘इजरायलमाथि लगाइएको कर प्रणाली’ लगायत विभिन्न विषयमा छलफल हुने बताएका थिए

“म पहिलो विदेशी नेता हुँ जसले राष्ट्रपति ट्रम्पसँग अमेरिकी करनीति र इजरायलको अर्थतन्त्रका बिषयमा भेट्नेछु,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी