गाजामा इजरायली हमलामा अधिकांश महिला र बालबालिकासहित १५ जनाको मृत्यु



गाजा पट्टी । इजरायली आक्रमणमा गाजापट्टीमा राति र आइतबारसम्म १० महिला र बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको छ।

इजरायलले हमाससँगको युद्धविरामको अन्त्य गरी गत महिना आफ्नो हवाई र भूमि युद्ध फेरि सुरु गरेको थियो। उसले लडाकुहरूलाई युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ सम्झौता स्वीकार गर्न दबाब दिनका लागि आक्रमणको लहर र क्षेत्र कब्जा गरेको छ। साथै खाद्यान्न, इन्धन र मानवीय सहायताको आयातमा पनि रोक लगाएको छ।

नासर अस्पतालका अनुसार पछिल्लो आक्रमणले दक्षिणी सहर खान युनिसमा एउटा पाल र एउटा घरमा प्रहार गरेको थियो। उक्त हमलामा पाँच पुरुष, पाँच महिला र पाँच बालबालिकाको मृत्यु भएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले इजरायलमा आक्रमण गर्दा करिब एक हजार दुई सय मानिसको मृत्यु भएको थियो र दुई सय ५१ जना बन्धक बनाइएका थिए। त्यसपछि दुवै पक्षबीच युद्ध सुरु भयो। युद्धविराम वा अन्य सम्झौताहरूमा अधिकांश बन्धकहरू रिहा भइसकेपछि अझै पनि ५९ बन्धक गाजामा राखिएका छन् – जसमध्ये २४ जना जीवित रहेको विश्वास गरिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार छ सय ९५ प्यालेस्टिनीको मृत्यु भएको छ। मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकूहरू थिए भनेर बताएको छैन।

इजरायली आक्रमणमा थप एक लाख १५ हजार तीन सय ३८ जना घाइते भएको मन्त्रालयले बताएको छ। इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले

सिङ्गापुरको संसद् विघटन

सिङ्गापुर । प्रधानमन्त्री लरेन्स वोङका लागि निर्णायक परीक्षा मानिएको आगामी राष्ट्रिय चुनावअघि सिङ्गापुरको

युक्रेनमा पक्राउ परेका चिनियाँ सैनिकबारे बेइजिङद्वारा ‘हेरफेर र प्रचार’ गरेको आरोप

बेइजिङ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मस्कोले बेइजिङलाई आफ्नो आक्रमणमा तानेको आरोप लगाएपछि

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

हनोई । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची