रुसमा पक्राउ परेका अमेरिकी नागरिक जोसेफलाई जबर्जस्ती पठाइयो मनोरोग अस्पताल



मस्को । रुसमा हिरासतमा लिइएका र यसै महिना मुद्दा चलाउने तयारी गरिएका एक अमेरिकी नागरिकलाई जबर्जस्ती मनोरोग अस्पतालमा पठाइएको रूसी समाचार संस्था तासले आइतबार जनाएको छ ।

अमेरिकी नागरिक ४६ वर्षीय जोसेफ टेटरलाई सन् २०२४ को अगष्टमा मस्कोमा पक्राउ गरिएको थियो । उनीविरूद्ध एक होटलका कर्मचारीलाई दुव्र्यवहार गरी एक प्रहरी अधिकारीमाथि पनि आक्रमण प्रयास गरेको आरोप लगाइएको थियो।

उनी दोषी ठहरिएमा उनलाई पाँच वर्षसम्मको जेल सजाय हुनसक्छ । मस्कोको एक अदालतले टेटरलाई मानसिक रोगका कारण बिरामीको रूपमा जबर्जस्ती अस्पताल भर्ना गर्न मानसिक अस्पतालका चिकित्सकहरूको अनुरोधमा सहमति जनाएको छ।

मार्च १५ मा मस्कोको एलेक्सेयेभा मनोरोग अस्पतालका चिकित्सकहरूको एक मेडिकल कमिसनले टेटरले ‘तनाव, आवेग एवं भ्रमपूर्ण विचार र मनोवृत्ति’ देखाएको र जसमा ‘सतावट’ को भावना रहेको र ‘आफ्नो राज्यप्रति आलोचनात्मक दृष्टिकोणको कमी’ रहेको ठहर गरेको थियो ।

अदालतले टेटरलाई अस्पताल भर्ना गर्ने निर्णय कहिले जारी ग¥यो भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन ।
तासका अनुसार टेटरलाई मस्कोको सर्बस्की सेन्टरमा मानसिक जाँचका लागि पठाइएको थियो ।

यो फोरेन्सिक मनोरोग केन्द्र र अस्पताल सोभियत युगमा मनोवैज्ञानिक रोगहरूको झूटो निदानको साथ राजनीतिक असन्तुष्टी जारी गर्न कुख्यात थियो ।

टेटरको मुद्दा आगामी अप्रिल १४ देखि मस्कोको अदालतमा सुरु हुँदैछ । उनलाई मार्च १३ मा पुर्पक्षका लागि थुनामुक्त गरिएको थियो ।

तासका अनुसार रुसले प्रतिवादीलाई मनोरोग अस्पतालमा राखेर समाजबाट अलग्गै राख्ने निर्णय गरेको आरोप लगाउँदै उहाँका वकिलले उहाँलाई अस्पताल भर्ना नगर्न अपील गरेका छन् ।

रुसले हालैका वर्षहरूमा जासुसी, रुसी सेनाको आलोचना गर्नेदेखि लिएर सानातिना चोरी र पारिवारिक विवादमा थुप्रै अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

गत सेप्टेम्बरमा अदालतमा भएको सुनुवाइमा टेटरले अमेरिकी नागरिकता त्याग्न चाहेको बताएका सार्वजनिक गरिएको थियो । उनले दूतावासका अधिकारीलाई त्यहाँबाट हटाउन माग गर्दै आफूलाई वर्षौंदेखि सीआईएले निशाना बनाएको बताएका छन् ।

टेटरका वकिलले न्यायाधीशसँग सुनुवाईका क्रममा ’अमेरिकाका सम्बन्धित अधिकारीहरूको उत्पीडनको सम्बन्धमा राजनीतिक शरण प्राप्त गर्ने उद्देश्यले’ उनी रुस आएको बताएका थिए ।

युक्रेन आक्रमण र पश्चिमा मुलुकसँगको तनावबीच राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा नागरिकलाई राजनीतिक आधारमा रुसमा स्थानान्तरण गर्न सहज बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी