नेतन्याहू र ट्रम्पबीच सोमबार भेटवार्ता हुने



जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको छ ।

इजरायली स्रोतलाई उदृत गर्दै इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले भनेको छ, “दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर“ नीतिको एक भागको रूपमा इजरायली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त करको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।’

इजरायली समाचार वेबसाइट वालाका अनुसार नेतन्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सीधै अमेरिका प्रस्थान गर्ने योजना छ ।

यद्यपि ह्वाइट हाउसको भ्रमण इजरायली अदालतले उनको भ्रष्टाचारको मुद्दाको आगामी सुनुवाइ स्थगित गर्न अनुमति दिएपछि हसन लागेको वालाले उल्लेख गरेको छ ।

ट्रम्पको घोषणाको अघिल्लो दिन इजरायलले संयुक्त राज्य अमेरिकाबाट आयात हुने सबै करहरू हटाएको थियो, तर यो कदमले ट्रम्पलाई इजरायलमाथि कर लगाउनबाट रोक्न सकेन।

करको मुद्दाका अतिरिक्त दुई नेताले इरानसँगको आणविक सङ्कट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी