ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक



वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् ।

आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, “विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ।”

“बहुत रोमाञ्चक कुरा म पहिलो खरीदकर्ता भएको छु,” उनले भने । ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका थिए ।

आफ्नो दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देश निकालालाई प्राथमिकता दिएका अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीले नयाँ कार्डअत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताए ।

फेब्रुअरीमा उनले आफ्नो प्रशासनले ‘शायद १० लाख’ कार्डहरू बेच्ने आशा गरेको बताएका थिए र उनले यसको खरिद्का लागि रूसी कुलीन वर्गहरू योग्य हुन सक्छन् भन्ने कुरालाई समेत इन्कार गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाद्वारा अमेरिकाको करनीतिविरुद्ध डब्ल्यूटीओमा उजुरी

जनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति क्यानडाले विश्व

नेतन्याहूद्वारा ट्रम्पसँग कर छुटका लागि आग्रह

वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार ह्वाइट हाउसमा

सैनिक कारबाहीमा हिजबुल्लाहका कमाण्डर मारिएका इजरायलको दाबी

बेरुत । लेबनानको दक्षिणी भागमा युद्धविरामका बावजुद सोमबार भएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक

होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा

टोकियो । ‘अनुचित आचरणको आरोप’ लागेपछि होन्डा कम्पनीका कार्यकारी उपप्रमुखले सोमबार राजीनामा दिएका