विदेशमा कार्यरत चिनियाँ कम्पनीलाई निर्माण कानुनको पालना गर्न चीनको आग्रह



बैंकक । गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन ढलेपछि बैङ्ककका लागि चिनियाँ दूतावासले विदेशमा कार्यरत चिनियाँ कम्पनीहरूलाई स्थानीय कानूनको पालना गर्न आह्वान गरेको छ ।

थाइल्याण्डको राजधानी बैङ्कक र म्यान्मामा शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पका कारण बैङ्ककमा ३० तल्ले गगनचुम्बी भवन भत्किएको थियो ।

थाइल्याण्डका अधिकारीहरूले उक्त संरचनामा गुणस्तरहीन रड प्रयोग गरेको आशङ्कामा जिम्मेवार निर्माण कम्पनीहरूमाथि अनुसन्धान सुरु गरेको बताएका छन्।

बैङ्ककको लोकप्रिय चाटुचक बजार नजिकैको विकास चाइना रेलवे नम्बर १० चिनियाँ इन्जिनियरिङ ग्रुप र थाइल्याण्डको एक संयुक्त परियोजना थियो । चीन रेलवे ग्रुप (सीआरईसी) को उक्त शाखा विश्वको सबैभन्दा ठूलो निर्माण र ईन्जिनियरिङ ठेकेदारमध्ये एक मानिन्छ ।

बैङ्ककस्थित चिनियाँ दूतावासले मङ्गलबार राति भूकम्पका कारण भवन ढली भएको मानवीय क्षति प्रति दुःख व्यक्त गर्दै मृतक कामदारका परिवारमा समवेदना प्रकट गरेको छ ।

दूताबासले कम्पनीहरूलाई थाई कानूनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
“चीन सरकारले विदेशमा रहेका चिनियाँ कम्पनीहरूलाई स्थानीय कानुनको पालना गर्न र विदेशी भूमिमासकारात्मक योगदान गर्न निरन्तर आग्रह गर्दै आएको छ,” दूतावासले थाई भाषामा फेसबुकमा संप्रेषित सन्देशमा लेखेको छ।

बेइजिङले बैङ्ककमा सहयोग गर्न उद्धार विज्ञ र विपद् राहत कर्मीहरूको एक टोली पठाएको छ र ‘थाइल्याण्डलाई आवश्यकताअनुसार सहयोग जारी राख्ने’ प्रतिबद्धता जनाएको छ। बेइजिङले चिनियाँ कम्पनीहरूलाई थाई अधिकारीहरूसँग ‘मेहनत साथ’ उद्धारमा सहयोग गर्न पनि आग्रह गरेको छ।

परियोजनाको स्थानीय साझेदार इटालियन–थाई डेभलपमेन्ट (आईटीडी) ले सोमबार भूकम्पपीडितप्रति समवेदना प्रकट गरेको छ तर यस घटनाले अन्य परियोजनामा असर नपार्नेमा आफू विश्वस्त रहेको बताएको छ ।

थाइल्यान्डमा भूकम्पका कारण भएको यो अहिलेसम्मकै सबैभन्दा घातक घटना हो, जसमा राज्यका २२ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश निर्माणस्थलमा कार्यरत कामदार रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा

युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु

  किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र