म्यान्माका भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी राख्न राष्ट्रसङ्घको आग्रह



जेनेभा । संयुक्त राष्ट्रसङ्घले म्यान्मामा गएको विनाशकारी भूकम्पपछि मानवीय सहायता अवरुद्ध भएको कुनै सङ्केत नदेखिएको जनाएको छ । भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।

चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न सङ्घर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन । यद्यपि, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक मार्कोलुइजी कोर्सीले भने,“हामीले हालसम्म कुनै सहायता अवरोधको अनुभव गरेका छैनौं । वितरण कार्य जारी छ ।”

म्यान्मामा भइरहेको गृहयुद्धका कारण उद्धार तथा राहत कार्य थप जटिल बनेको छ । सैनिक प्रशासनले सहायता वितरणमा अवरोध पुर्याएको भन्ने आरोपहरू आए पनि संयुक्त राष्ट्रसङ्घले हालसम्म कुनै ठोस प्रमाण नदेखिएको जनाएको छ ।

“विनाश ठूलो छ, आवश्यकताहरू तीव्र गतिमा बढिरहेका छन्,” संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेप) का उपप्रतिनिधि जुलिया रिसले भने, ।“स्वच्छ पानी, खाद्य सामग्री र औषधिको चरम अभाव छ । राहत नपुगे धेरैको जीवन सङ्कटमा पर्नेछ ।”

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का प्रवक्ता बाबर बलोचले उद्धार टोलीहरूले सबैभन्दा जोखिममा रहेका समुदाय पहिचान गरिरहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा रहेका विस्फोटक पदार्थहरूको खतरा पनि रहेको बताए ।

यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्था (आइआरएफसी) ले तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेका कारण उद्धार कार्य झन् कठिन बनेको उल्लेख गरेको छ । आइआरएफसीले झन्डै एक लाख प्रभावित व्यक्तिलाई सहयोग गर्न १०० मिलियन स्विस फ्र्याङ्क (११३ मिलियन डलर) सहयोग सङ्कलन अभियान थालेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, भूकम्पअघि नै म्यान्मामा २० लाख मानिसलाई मानवीय सहायता आवश्यक थियो, जसमा ६.५ लाखभन्दा बढी बालबालिका थिए । अहिले यो सङ्ख्या पाँच लाखभन्दा बढीले बढ्न सक्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले भूकम्पको बेलामा पनि जारी रहेको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्रयूजले म्यानमारका सैनिकलाई आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता कार्यक्रमका लागि यस वर्ष १.१ अर्ब डलरको अनुरोध गरेको थियो, तर हालसम्म जम्मा पाँच प्रतिशत मात्र प्राप्त भएको छ । राहत सङ्कलन अभावका कारण उद्धार कार्य सुस्त भइरहेको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग विकल्पहरूबारे छलफल

वासिङटन । बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको

गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा