इजरायलका विदेशमन्त्री गिडेअन सार औपचारिक भ्रमणका लागि फ्रान्स जाने भएका छन् । उनले त्यहाँका विदेशमन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । यस बैठकमा पश्चिम एशियामा बढ्दो सुरक्षा चुनौतीहरूका विषयमा छलफल हुनेछ ।
इजरायली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री सारले भने,“म पेरिसको औपचारिक भ्रमणमा जाँदैछु । मुख्य रूपमा इरानबाट उत्पन्न सुरक्षा चुनौती तथा क्षेत्रीय स्थायित्वबारे छलफल हुनेछ । इरानी नेतृत्वले हालै मात्र इजरायललाई नष्ट गर्ने आफ्नो लक्ष्य दोहोर्याएका छन् ।”
उनले लेबननमा भइरहेको गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “हामी लेबनन सरकारसँग अपेक्षा गर्छौं कि उसले आफ्नो भूमिमा सक्रिय रहेका आतङ्ककारी समूहहरूलाई नियन्त्रण गर्ने ठोस कदम चालोस् । इरान, हिजबुल्लाह र हमासको सहकार्यमा इजरायलविरुद्ध योजना बनाइँदैछ ।”
मङ्गलबार बिहान इजरायली रक्षा बल (आइडीएफ) का लडाकु विमानहरूले बेरुतमा हिजबुल्लाहका एक सदस्यमाथि लक्षित आक्रमण गरेका थिए ।
इजरायलका अनुसार, ती व्यक्ति हमासका लडाकुहरूलाई निर्देशन दिइरहेका थिए । मन्त्री सारले भने, “उक्त व्यक्ति इजरायली नागरिकमाथि ठूलो आक्रमणको तयारीमा थिए । उनी प्रत्यक्ष र तत्कालीन सुरक्षा खतरा भएकाले आवश्यक कारबाही गरिएको हो ।”
वासिङ्टन, डिसी । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानेछन् । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानेछन् । उनको दक्षिण एसिया भ्रमण…
जर्मन विदेशमन्त्री एनालेना बेरबकले गाजामा युद्ध शुरु भएयता चौथो पटक आइतबार इजरायल भ्रमण गर्दैछन् । भ्रमणका क्रममा बेरबकले इजरायलका नयाँ विदेशमन्त्री इजरायल काट्ज र राष्ट्रपति इसाक हर्जोगसँग वार्ता गर्ने विदेश मन्त्रालयका प्रवक्ता सेबास्टियन फिशरले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताए । उनले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी विदेशमन्त्री रियाद अल…
कायरो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबीच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गरेका छन् । प्रस्तावमा गाजामा बन्धक बनाइएका चार जना इजरायली कैदी र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबीच आदानप्रदान गर्ने र त्यसपछि १० दिनभित्र…