जातीय हिंसामा सिरियामा १२ जनाको मृत्यु



बेरुत । सिरियामा जातीय हिंसासम्बन्धी घटनाहरू पुनः वृद्धि हुँदै गएका छन् । सोमबार तटीय र केन्द्रीय क्षेत्रहरूमा भएका छुट्टाछुट्टै घटनाहरूमा १२ निर्दोष नागरिकको ज्यान गएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृतकमध्ये अधिकांश अलावाइट समुदायका रहेका छन् ।

सिरियाको सुरक्षा अवस्था अझै पनि जटिल छ । विशेष गरी इस्लामवादी नेतृत्वको बलहरूले करिब १४ वर्ष लामो गृहयुद्धपछि राष्ट्रपति बशर अल–असदको शासनलाई गत डिसेम्बरमा अन्त्य गरेपछि विभिन्न समुदायहरूबीच तनाव कायमै रहेको देखिन्छ ।

अनुगमन संस्थाका अनुसार तटीय टार्टस प्रान्तमा भएको एउटा आक्रमणमा स्थानीय अधिकारीसहित ६ जना नागरिकको ज्यान गएको छ । स्रोतहरूका अनुसार आक्रमणकारीहरू बानियास नजिकै रहेको नयाँ सरकार–समर्थित सैन्य अखडाबाट आएका थिए । प्रत्यक्षदर्शीहरूले आक्रमणकारीहरूले जातीय आधारमा धम्कीपूर्ण नारा लगाउँदै गोली प्रहार गरेको बताएका छन् ।

अलावाइट समुदायका धेरै नागरिकहरू बशर अल–असदको शासनकालमा भएको हिंसाका कारण प्रतिशोधको डर महसुस गरिरहेका छन् । यो महिनाको प्रारम्भमा पनि सिरियामा सबैभन्दा गम्भीर जातीय हिंसा देखिएको थियो, जसमा विशेष रूपमा तटीय क्षेत्रहरूमा ठूलो सङ्ख्यामा नागरिकहरू मारिएका थिए ।

केन्द्रीय शहर होम्समा अर्को दुःखद घटना घटेको छ । दुई सशस्त्र व्यक्तिले एक घरमा आक्रमण गरी त्यहाँ रहेका निर्दोष नागरिकमाथि गोली प्रहार गरेका छन् । घटनामा एक महिला र उनका तीन सन्तान (जसमध्ये एक नाबालक थिए) मारिएका छन् । त्यहाँ उपस्थित दुई जना सुन्नी मुस्लिम नागरिकको पनि घटनास्थलमै दुःखद निधन भएको छ ।

अनुगमन संस्थाका अनुसार आक्रमणकारीमध्ये एक जना सिरियाको नयाँ सुरक्षाबलसँग आबद्ध व्यक्ति थिए । घटनापछि सुरक्षा निकायहरूले अनुसन्धान अघि बढाएका छन् ।

यस घटनामा सिरियाली आधिकारिक सञ्चार माध्यमहरूले तत्काल प्रतिक्रिया दिएका छैनन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मार्च ६ देखि सुरु भएको जातीय हिंसामा हालसम्म करिब एक हजार ७०० भन्दा बढी नागरिकको ज्यान गएको छ, जसमा ठूलो सङ्ख्यामा अलावाइट समुदायका रहेका छन् ।

सिरियाली अधिकारीहरूले हिंसाका लागि बशर अल–असदका समर्थक सशस्त्र समूहहरूलाई जिम्मेवार ठहर्याएका छन् । नयाँ सरकारको सुरक्षा बलहरूलाई लक्षित गरी भएको आक्रमणपछि सैन्य बल परिचालन गरिएको थियो ।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शराअले निर्दोष नागरिकको हत्या गर्ने जो–कोहीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले घटनाको निष्पक्ष छानबिन गर्न विशेष अनुसन्धान समिति गठन गर्ने घोषणा गरेका छन् ।

नयाँ सिरियाली नेतृत्वले अल्पसङ्ख्यक समुदायहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै समावेशी शान्तिपूर्ण सङ्क्रमण सुनिश्चित गर्ने आश्वासन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग विकल्पहरूबारे छलफल

वासिङटन । बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको

गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा