म्यान्मामा ’कू’ विरोधी समूहद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आंशिक युद्धविरामको घोषणा



म्यान्मा । म्यान्मारमा शक्तिशाली भूकम्पका कारण उद्धार कार्य र अन्य राहत कार्यमा सहयोग पुर्याउन यहाँको एक सशस्त्र विद्रोही समूहले आइतबारदेखि लागु हुने गरी दुई साताका लागि आंशिक युद्धविरामको घोषणा गरेको छ ।

पिपुल्स डिफेन्स फोर्स (पिडिएफ) ले सन् २०२५ मार्च ३० देखि भूकम्प प्रभावित क्षेत्रमा रक्षात्मक कार्यबाहेक आक्रामक सैन्य कारबाहीमा दुई साताको युद्धविराम लागू गर्नेछ,” छायाँ ‘नेशनल युनिटी गभर्नमेन्ट’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

निर्वासनमा रहेको सरकारले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा सुरक्षा, यातायात र अस्थायी उद्धार र चिकित्सा शिविर स्थापना सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थासँग सहकार्य गर्ने बताएको छ ।

मध्य म्यान्मारको सागाइङ शहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र भूकम्पका कारण कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको छ भने थाइल्याण्डमा १७ जनाको मृत्यु भएको छ ।

म्यान्मारको सेनाले सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकारलाई सत्ताच्युत गरेयता गृहयुद्धको सामना गर्दै आएको छ ।

सुकीको नागरिक सरकारलाई सत्ताच्युत गरेकोमा पिडिएफ र जातीय सशस्त्र सङ्गठनहरू दुवैले विरोध गरेका छन् । जसमध्ये धेरै समूह आफ्नो स्वतन्त्रताको लागि दशकौँदेखि लडिरहेका छन्। छाँया ‘राष्ट्रिय एकता सरकार’मा ‘कू’मा सत्ताच्युत भएका अधिकांश सांसदहरू छन्, जो जुन्टालाई अपदस्थ गर्न लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग विकल्पहरूबारे छलफल

वासिङटन । बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको

गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा