एआई र साइबर सुरक्षा प्रवद्र्धनमा ईयूको लगानी



ब्रसेल्स । युरोपेली आयोगले कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड र डाटा र साइबर सुरक्षालगायत डिजिटल प्रविधिहरूमा सन् २०२७ सम्ममा १.३ अर्ब युरो (लगभग १ अर्ब ४१ करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।

यो कोष युरोपेली सङ्घ (ईयु) को डिजिटल युरोप कार्यक्रम (डिजिटल) अन्तर्गत आउँछ, जसको उद्देश्य रणनीतिक प्रविधिहरूलाई बढावा दिनु र महादेशको प्राविधिक सार्वभौमिकता बढाउनु हो ।

कार्यक्रमका प्रमुख प्राथमिकतामा जनरेटिभ एआई अनुप्रयोगको उपलब्धता र पहुँचमा सुधार, ब्लकको साइबर लचिलोपन बढाउने, जलवायु अनुकूलन र प्रकोप जोखिम व्यवस्थापनलाई समर्थन गर्न पृथ्वीको शक्तिशाली डिजिटल मोडेल निर्माण गर्ने समावेश छ ।

कार्यक्रमले डिजिटल शिक्षा र प्रशिक्षणलाई पनि समर्थन गर्नेछ । साथै, संस्थाहरूलाई उन्नत डिजिटल सीपहरू विकास गर्न मद्दत गर्नेछ ।

सन् २०२१ देखि सन् २०२७ को लागि आठ अर्ब १० करोड युरो डिजिटल ईयु कोष कार्यक्रम हो, जुन केवल व्यवसाय र नागरिकहरुको लागी डिजिटल रूपान्तरणमा केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड डलर बराबरको लडाकू विमान बिक्री गर्ने

वासिङ्टन । अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड अमेरिकी डलर बराबरको एफ–१६ लडाकू

हमासलाई समाप्त पार्ने इजरायली रक्षामन्त्रीको चेतावनी

जेरुसेलम । इजरायली रक्षामन्त्रीले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले

म्यान्मामा भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

याङ्गुन । म्यानमामा गएको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन

विदेशमा कार्यरत चिनियाँ कम्पनीलाई निर्माण कानुनको पालना गर्न चीनको आग्रह

बैंकक । गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन