छत्तीसगढको सुकमा जिल्लामा भएको मुठभेडमा १६ नक्सलवादी लडाकूको मृत्यु



छत्तीसगढ ।   छत्तीसगढको सुकमा जिल्लाको केरलापाल क्षेत्रमा शनिबार भएको मुठभेडमा १६ जना नक्सलवादी सशस्त्र लडाकूको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुई प्रहरी जवान घाइते भएको प्रहरी महानिरीक्षक सुन्दरराज पीले बताए ।

अधिकारीहरूका अनुसार जिल्ला प्रहरी र केन्द्रीय प्रहरीले शुक्रबार सुरु गरेको संयुक्त आतङवाद् विरोधी अभियानमा गोप्य सूचनाको आधारमा कारबाही सुरु गरिएको थियो । संयुक्त टोली मार्च २८ मा खोजी अभियानका लागि तैनाथ गरिएको थियो भने गोलीबारी शनिबार पनि जारी छ ।

संयुक्त टोलीले हाल मुठभेडस्थल तथा वरपरको भुभागमा गहन खोजी गरिरहेको छ । भारतीय गृहमन्त्री अमित शाहले २२ मार्चमा संसदमा ३१ मार्च २०२६ सम्ममा देशबाट नक्सलवादीहरूको उन्मूलन हुने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्मामा भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

याङ्गुन । म्यानमामा गएको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन

विदेशमा कार्यरत चिनियाँ कम्पनीलाई निर्माण कानुनको पालना गर्न चीनको आग्रह

बैंकक । गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन

गुजरातको पटाका गोदाममा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

नयाँदिल्ली । भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी

स्पेनले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न विद्युतीय सवारीको अनुदान बढायो

म्याड्रिड । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ-३’ योजना सन्