म्यानमारमा भूकम्पबाट दशौं हजार मारिएको आशंका
बीबीसी । शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । बीबीसीका अनुसार शनिबार बिहानसम्म मृतकको संख्या ६९४ पुगेको छ । त्यस्तै १ हजार भन्दाबढी घाइते भएका सेनाले जानकारी दिएको छ ।
भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो । थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ । खोज तथा उद्दार जारी रहेकाले मृतकको संख्या दशौं हजार पुग्ने अनुमान गरिएको छ । शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।