विदेशी गलत सूचनाको निशानामा फ्रान्स



पेरिस । फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोउले हालैका वर्षहरूमा फ्रान्सले युक्रेनबाहेक अन्य कुनै पनि युरोपेली देशको तुलनामा रुसलगायत ‘विदेशबाट’ बढी भ्रामक सूचना अभियानहरूको सामना गर्नुपरेको बताएका छन् ।

भ्रामक सूचना पत्ता लगाउने जिम्मेवारी पाएको फ्रान्सेली सरकारी निकाय भिगिनमले आयोजना गरेको फोरममा बेयरोउले भने, “फ्रान्स एक प्रमुख लक्ष्य हो । जारी द्वन्द्व र भूराजनीतिक तनावका सन्दर्भमा फ्रान्सलाई लक्षित गरी गलत सूचनाको सम्प्रेषण (सूचना युद्ध) को अवस्था अझ खराब भएको छ ।’

“हामीले रुसबाट ठूलो मात्रामा हस्तक्षेप भइरहेको पत्ता लगाइरहेका छौँ, चीनबाट पनि सूचनामा हेरफेरको सङ्केत देखिएको छ,” प्रधानमन्त्री बेयरोउले भने ।

युरोपेली सङ्घको कूटनीतिक निकाय ‘युरोपिएन एक्सटर्नल एक्सन सर्भिस’को प्रतिवेदनलाई उद्धृत गर्दै उनले भने, “सन् २०२३ देखि २०२४ को बीचमा युरोपमा भएका ५०५ घटनामध्ये २५७ युक्रेनसँग सम्बन्धित र १५२ फ्रान्ससँग सम्बन्धित रहेका थिए ।”

“हाम्रो नजिक यो तत्कालको खतरा हो र यसले प्रत्येक फ्रान्सेली व्यक्तिलाई असर गर्दछ,” बायरोउले भने । आर्टिफिसियल इन्टेलिजेन्सले ‘अभूतपूर्व स्तरमा यो हेरफेरलाई अनुमति दिन्छ’, उनले भने ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेदेखि नै फ्रान्स किएभको सबैभन्दा प्रमुख समर्थक रहँदै आएको छ ।

बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा कुनै पनि युद्धविराम सम्झौतापछि ‘आश्वस्त’ सेना पठाउने योजना तय गर्ने उद्देश्यले शिखर सम्मेलनको आयोजना गरेका थिए ।

म्याक्रोँले आफू र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले शान्तिका लागि युरोपको ‘गठबन्धन’ को समन्वय गर्ने सहमति भएको बताए ।

गत फेब्रुअरीमा जारी एक रिपोर्टमा भिगिनमले रुसले युक्रेनमाथिको आक्रमणका लागि समर्थन जुटाउन विगत तीन वर्षदेखि अत्यधिक सङ्गठित सूचना युद्ध अभियान सञ्चालन गरिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड डलर बराबरको लडाकू विमान बिक्री गर्ने

वासिङ्टन । अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड अमेरिकी डलर बराबरको एफ–१६ लडाकू

हमासलाई समाप्त पार्ने इजरायली रक्षामन्त्रीको चेतावनी

जेरुसेलम । इजरायली रक्षामन्त्रीले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले

म्यान्मामा भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

याङ्गुन । म्यानमामा गएको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन

विदेशमा कार्यरत चिनियाँ कम्पनीलाई निर्माण कानुनको पालना गर्न चीनको आग्रह

बैंकक । गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन