आर्थिक सुधारको गतिलाई निरन्तरता दिन श्रीलङ्कालाई आईएमएफको आग्रह



कोलम्बो । आईएमएफका प्रवक्ता जुली कोजाकले वासिङ्टनमा कोषको साप्ताहिक ब्रिफिङमा श्रीलङ्काको आर्थिक सुधारले सकारात्मक नतिजा ल्याउन थाले पनि देशको अर्थतन्त्र अझै कमजोर रहेको बताएकी छन् । यसमा दिगो बृहत् आर्थिक स्थायित्व र ऋण राहत आवश्यक छ ।

कोजाकले भनिन्,“आईएमएफ कार्यकारी बोर्डले फेब्रुअरी २८ मा विस्तारित कोष सुविधा (इएफएफ) व्यवस्था अन्तर्गत श्रीलङ्काको तेस्रो समीक्षा पूरा गर्यो । यो स्वीकृतिले देशको चलिरहेको आर्थिक नीति र सुधार एजेन्डालाई समर्थन गर्न ३३ करोड ४० लाख तुरुन्तै वितरण गर्न सक्षम बनाउँछ ।”

“यो वितरणसँगै, श्रीलङ्कालाई कुल आईएमएफ वित्तीय सहयोग अब १.३४ अर्ब डलर पुगेको छ,” उनले भनिन् ।
कोजाकले कम मुद्रास्फीति र वित्तीय राजस्व सङ्कलनमा सुधार सहित श्रीलङ्काका लागि धेरै प्रोत्साहनजनक आर्थिक सूचकहरू पनि प्रकाश गरिन् । उनले दुई वर्षको सङ्कुचनपछि सन् २०२४ मा अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि हुने बताइन् ।

“हामी यो पुनर्लाभ सन् २०२५ सम्म जारी रहने अपेक्षा गर्छौं । यी सबै श्रीलङ्का र यसका जनताका लागि धेरै सकारात्मक विकासहरू हुन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड डलर बराबरको लडाकू विमान बिक्री गर्ने

वासिङ्टन । अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड अमेरिकी डलर बराबरको एफ–१६ लडाकू

हमासलाई समाप्त पार्ने इजरायली रक्षामन्त्रीको चेतावनी

जेरुसेलम । इजरायली रक्षामन्त्रीले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले

म्यान्मामा भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

याङ्गुन । म्यानमामा गएको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन

विदेशमा कार्यरत चिनियाँ कम्पनीलाई निर्माण कानुनको पालना गर्न चीनको आग्रह

बैंकक । गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन