अमेरिकामा स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले १० हजार रोजगारी कटौती गर्ने



वासिङटन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बिहीबार एक ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ ।

समग्रमा सङ्क्रामक रोगहरूको अनुगमन गर्ने, खाद्यान्न र अस्पतालहरूको निरीक्षण गर्ने र देशको लगभग आधा भागका लागि स्वास्थ्य बिमा कार्यक्रमहरूको निरीक्षण गर्ने यो निकायले आफ्नो कार्यबल ८२ हजारबाट ६२ हजारमा घटाउने बताएको छ ।

यसमा १० हजार बर्खास्तीका साथै अन्य १० हजार कामदार समावेश छन् जसले ट्रम्प प्रशासनद्वारा लगभग सबै सङ्घीय कर्मचारीलाई दिइएका प्रारम्भिक अवकाश वा खरिद प्रस्तावहरू लिँदैछन् ।

कटौतीको अधिकांश सार्वजनिक स्वास्थ्य निकायहरूबाट आउनेछ र अमेरिकीहरूका खाद्य पदार्थ र औषधिहरूका लागि मापदण्ड निर्धारण गर्न जिम्मेवार खाद्य तथा औषधि प्रशासनले तीन हजार पाँच सय कर्मचारी कटौती गर्नेछ भने सङ्क्रामक रोग प्रकोपहरू अनुगमन गर्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई हजार चार सय पद कटौती गर्नेछ ।

यसैबीच विश्वको अग्रणी जनस्वास्थ्य अनुसन्धान एजेन्सी, नेसनल इन्स्टिच्युट फर हेल्थले एक हजार दुई मानिस गुमाउनेछ । वृद्ध र गरिब अमेरिकीहरूका लागि स्वास्थ्य कभरेजको निरीक्षण गर्ने मेडिकेयर र मेडिकेड सेवाहरूका लागि केन्द्रहरूले तीन सय रोजगारी गुमाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा नयाँ तेल खानी भेटियो

बेइजिङ । चीनको ‘नेसनल अफशोर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १०

ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान

कायरो । हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी

आक्रमण गरे कडा जवाफ दिने इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले

अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग