इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै



कायरो । इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र अन्तरिक्ष क्षेत्रको विकासलाई प्रवद्र्धन गर्न इजिप्टको निजी कम्पनी ‘एक्युमार’ सँग रणनीतिक सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ । इजीएसएले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । ‘एक्युमार’ उपग्रह प्रविधिमा विशेषज्ञता हासिल गर्ने इजिप्टियन कम्पनी हो ।

विज्ञप्ति अनुसार, सोमबार हस्ताक्षर गरिएको प्रोटोकलले इजिप्टमा उपग्रह र तिनका कम्पोनेन्टको उत्पादनमा सहयोग अभिवृद्धि गर्नुका साथै उपग्रहहरूको वातावरणीय, मेकानिकल र विद्युतीय परीक्षणका लागि इजीएसएको उन्नत पूर्वाधारको प्रयोग गर्ने लक्ष्य राखेको छ ।

इजीएसएका प्रमुख कार्यकारी अधिकृत शेरिफ सेड्की र एक्युमारका प्रमुख कार्यकारी अधिकृत अहमद नसारले प्रोटोकलको हस्ताक्षर समारोहमा भाग लिए । यसलाई इजीएसएले ‘अन्तरिक्ष क्षेत्रमा इजिप्टका अनुसन्धान संस्था र प्रविधि कम्पनीहरू बीच एकीकरणको नयाँ मोडेल’ भनेको छ ।

प्रोटोकलमा उपग्रह सञ्चालनमा सहयोग, वैज्ञानिक तथा प्राविधिक विशेषज्ञताको आदानप्रदान र स्याटेलाइट सञ्चारका लागि फ्रिक्वेन्सीहरू पनि समावेश छ ।

यो साझेदारीले इन्टरनेट अफ थिङ्ग्स सेवा, दूरसञ्चार र पृथ्वी इमेजिङका लागि उपग्रह विकास महत्वाकांक्षालाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको भूकम्पलाई लिएर मलेसियाद्वारा विशेष आपतकालीन आसियान बैठक आयोजना

क्वालालम्पुर । म्यान्मामा गएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै

नर्वेमा रकेट प्रक्षेपण असफल

ओस्लो । नर्वेको एंडोया स्पेसपोर्टबाट आइतवार प्रक्षेपण गरिएको जर्मन रकेट ’स्पेक्ट्रम’२० सेकेन्डमै दुर्घटनाग्रस्त

गाजामा इजरायली आक्रमणमा १४ जनाको मृत्यु

गाजा । प्यालेस्टिनी रेड क्रिसेन्टले गाजा पट्टीमा एक हप्ता अघि एम्बुलेन्समा इजरायली सेनाको

म्यान्माका लागि रेडक्रसद्वारा १० करोड डलर माग

जेनेभा । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको