सन् २०२५ मा बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशत हुने पूर्वानुमान



लन्डन । बेलायतको अर्थतन्त्र सन् २०२५ मा केवल एक प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ ।

बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले भर्खरको प्रकाशनमा सन् २०२५ को लागि आफ्नो वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको छ, जसलाई बेलायती अर्थमन्त्री रेचेल रिभ्सले हाउस अफ कमन्समा आफ्नो बयानमा पुष्टि गरे ।

“यस वर्षको कम वृद्धिको लगभग एक तिहाइले संरचनात्मक कमजोरी जस्तो देखिने कुरालाई प्रतिबिम्बित गर्दछ । यो उत्पादकतामा केन्द्रित छ,” ओबीआरले जनाएको छ ।

“यदि विश्वव्यापी व्यापार विवाद बढ्दै गयो भने यसले बेलायतको जीडीपी (कुल गार्हस्थ्य उत्पादन) १ प्रतिशतले घटाउन सक्छ,” ओबीआरले उल्लेख गरेको छ ।

बेलायतको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति पनि सन् २०२४ मा २.५ प्रतिशतबाट सन् २०२५ मा ३.२ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ, जुन अक्टोबरको प्रक्षेपण भन्दा ०.६ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको भूकम्पलाई लिएर मलेसियाद्वारा विशेष आपतकालीन आसियान बैठक आयोजना

क्वालालम्पुर । म्यान्मामा गएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै

नर्वेमा रकेट प्रक्षेपण असफल

ओस्लो । नर्वेको एंडोया स्पेसपोर्टबाट आइतवार प्रक्षेपण गरिएको जर्मन रकेट ’स्पेक्ट्रम’२० सेकेन्डमै दुर्घटनाग्रस्त

गाजामा इजरायली आक्रमणमा १४ जनाको मृत्यु

गाजा । प्यालेस्टिनी रेड क्रिसेन्टले गाजा पट्टीमा एक हप्ता अघि एम्बुलेन्समा इजरायली सेनाको

म्यान्माका लागि रेडक्रसद्वारा १० करोड डलर माग

जेनेभा । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको