लेबनानमा भएको इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु



बेरुत । लेबनानको नाबातीहमा भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।

“एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्यो, जसमा एक व्यक्तिको मृत्यु भयो,” स्रोतले सिन्ह्वालाई भनेको छ ।

नागरिक रक्षा टोलीहरूले नाबाटीहको अस्पतालमा पु¥याएको शव हिज्बुल्लाह सैन्य कमाण्डर हसन कमाल हलावीको रूपमा पहिचान गरिएको नाम नखुलाइएको स्रोतले जनाएको छ ।

यद्यपि, लेबनानको जनस्वास्थ्य आपतकालीन अपरेशन सेन्टरले एक विज्ञप्तिमा मृत व्यक्ति ‘एक नागरिक’ भएको बताएको छ ।

यसैबीच, इजरायली सेनाले हिजो राति नाबाटीहमा ड्रोन आक्रमण गरी हलावीलाई मारेको पुष्टि गरेको छ ।

“युद्धको क्रममा हलावी इजरायल विरुद्ध धेरै आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थिए,” सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“हालैका महिनाहरूमा हलावीले इजरायली नागरिकहरू विरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न भएको छ ।”

नोभेम्बर २७, सन २०२४ देखि, हेजबुल्लाह र इजरायल बीच अमेरिका र फ्रान्सेली मध्यस्थतामा युद्धविराम लागू भएको थियो ।

इजरायलले लेबनानी भूभागबाट फिर्ता जानुपर्ने सम्झौताको बाबजुद पनि इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमाभन्दा बाहिर पनि सीमामा पाँच प्रमुख स्थानहरूमा आफ्नो स्थिति कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु

कायरो । इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि ६ जनाको

इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु

गाजा । इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने

भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबीच सशक्त साझेदारी’ का लागि आह्वान

बेइजिङ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट