मोजाम्बिकमा सवारी दुर्घटनामा २२ जनाको मृत्यु



मापुटो । अफ्रिकी देश मोजाम्बिकको मध्य प्रान्त मनिकाको गोन्डोला जिल्लाको काइफुम्पे क्षेत्रमा मंगलबार भएको सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यात्रुवाहक कार र लामो दुरीको ट्रक दुर्घटना भएको हो । दुवै गाडी विपरीत दिशामा गुडेका थिए । दुर्घटनामा उन्नाइस जनाको घटनास्थलमा मृत्यु भयो ।

साथै, एक जना पीडितको केही घण्टापछि चिमोयो प्रान्तीय अस्पताल (एचपीसी) मा मृत्यु भएको हो । हाल मृत्युको सङ्ख्या २० पुगेको छ ।

एचपीसीका क्लिनिकल निर्देशक जुभेनल चिटोभेलेले मोजाम्बिकको राज्य समाचार एजेन्सी एआईएमलाई बताएअनुसार गम्भीर अवस्थामा रहेका अन्य दुई पीडितको सघन उपचार कक्षमा राति मृत्यु भएको छ ।
मनिका प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण अत्यधिक गति र आधारभूत ट्राफिक नियमहरूको बेवास्ता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु

कायरो । इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि ६ जनाको

इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु

गाजा । इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने

भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबीच सशक्त साझेदारी’ का लागि आह्वान

बेइजिङ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट