अमेरिकी सिनेटरको बेइजिङ भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्रीद्वारा ‘संवाद’ को आह्वान



 

बेइजिङ । बेइजिङमा प्रमुख अमेरिकी व्यापारिक अधिकारीहरू र राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख काङ्ग्रेस सहयोगीले भाग लिएको बैठकमा चीनका दोस्रो नम्बरका नेता प्रधानमन्त्री ली किआङले आइतबार वासिङ्टनसँग ‘संवाद’ को आह्वान गरेका छन् ।

ट्रम्पले लगाएको व्यापक भन्सार शुल्कले चीनको व्यापार सम्भावनालाई खतरामा पुर्याएसँगै विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको सम्बन्ध हालैका हप्ताहरूमा खस्किएको छ ।

मोन्टानाका रिपब्लिकन सिनेटर एवं ट्रम्प समर्थक स्टिभ डेन्ससँगको भेटका क्रममा प्रधानमन्त्री लीको उक्त टिप्पणी आएको हो ।

उनको भ्रमणलाई ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर सम्मेलन स्थापना गर्ने दिशामा तनावपूर्ण सम्बन्धलाई सहज बनाउने प्रयासका रूपमा हेरिएको छ ।

“हाम्रा दुवै पक्षले सङ्घर्षभन्दा संवादलाई, शून्य–योगफल प्रतिस्पर्धाभन्दा जित–जित सहकार्यलाई छान्नु आवश्यक छ”, लीले डेन्सलाई भने । भेटका क्रममा फेडएक्स, फाइजर र क्वालकम लगायतका प्रमुख कम्पनीका सिइओहरू पनि उपस्थित थिए ।

लीले वासिङ्टनले ‘सम्बन्धको स्थिर, सुदृढ र दिगो विकासलाई बढावा दिन चीनसँग मिलेर काम गर्ने’ आशा व्यक्त गरे ।

यसअघि आइतबार नै लीले चाइना डेभलपमेन्ट फोरममा बेइजिङले ‘विखण्डन’ का बावजुद आर्थिक विश्वव्यापीकरणलाई अपनाउने बताए । यो ट्रम्पले उत्पन्न गरेको व्यापार अशान्तिको अप्रत्यक्ष सन्दर्भ हो ।

चिनियाँ नेताहरूले विशेष गरी उपभोगलाई बढावा दिएर महामारीको अन्त्यपछि अस्थिर अर्थतन्त्रलाई अझ स्थिर मार्गमा लैजाने प्रयास गरिरहेका छन् ।

ट्रम्पले चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख अमेरिकी व्यापारिक साझेदारहरूसँग भन्सार युद्ध चलाइरहेकाले उनीहरूले देशलाई बहुपक्षीय आर्थिक प्रणालीको रक्षकका रूपमा स्थापित गर्न खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित