भारतको नागपुर हिंसामा ९२ जना पक्राउ



नागपुर । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२ जनालाई पक्राउ गरिएको बताएका छन् । यसमा ढुङ्गा हाने र गाडीमा आगजनी गर्ने घटनाहरू समावेश छन् ।
यसअघि, मुख्यमन्त्री फडणवीसले नागपुरमा हालै भएको हिंसाको सम्बन्धमा नागपुर प्रहरी मुख्यालयमा समीक्षा बैठक आयोजना गरेका थिए ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै राज्यका गृहमन्त्रीसमेत रहेका मुख्यमन्त्री फडणवीसले सो दिन मुस्लिम समुदायको ‘पवित्र चादर’ जलाइएको भन्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण हिंसा भएको बताए ।

“मैले हिंसाको बारेमा उच्चस्तरीय बैठकको अध्यक्षता गरें, जसमा राज्यमन्त्री चन्द्रशेखर बावनकुले पनि उपस्थित थिए । मैले सबै विवरणहरूको समीक्षा गरें र मेरा विचारहरू साझा गरें । यो घटना भएको दिन औरङ्गजेबको चिहान जलाइएको थियो । घटना पछि, प्रहरीमा मुद्दा दर्ता गरियो । यद्यपि, केही मानिसले पोडकास्ट र सामाजिक सञ्जाल पोस्टहरू मार्फत अफवाह फैलाए कि पवित्र ‘चादर’ जलाइएको थियो ।”

“यसको परिणामस्वरूप नागपुरमा दङ्गाकारीहरूले ढुङ्गा प्रहार गरे, सवारी साधनमा आगजनी गरे र पसलहरूमा आक्रमण गरे,” मुख्यमन्त्री फडणवीसले भने ।

परिस्थितिलाई छिटो नियन्त्रणमा ल्याएकोमा उनले प्रहरीको प्रशंसा गरे । “प्रहरीले ४–४.५ घण्टा भित्र स्थिति नियन्त्रणमा ल्यायो । उनीहरूले स्थिति नियन्त्रण गर्न सबै प्रयास गरे । यद्यपि, घटनामा तीन डीसीपी–स्तरीय अधिकारी सहित धेरै प्रहरी कर्मचारीहरू घाइते भएका छन् । कुल १०४ जनाको पहिचान गरिएको छ, जसमध्ये ९२ जनालाई पक्राउ गरिएको छ,” मुख्यमन्त्रीले भने ।

“जति पनि नोक्सान भएको छ, त्यसको क्षतिपूर्ति दङ्गा गर्नेहरूले दिनेछ । पैसा नतिरेमा सम्पत्ति बेचेर रिकभरी गरिने छ । आवश्यक परेमा बुलडोजर पनि प्रयोग गरिनेछ ।”

औरङ्गजेबको चिहान हटाउने मागलाई लिएर मार्च १७ मा नागपुरमा झडप भएको थियो । आन्दोलनको क्रममा कुनै विशेष समुदायको पवित्र पुस्तक जलाइएको हल्ला फैलिएपछि तनाव अझ बढ्यो । यद्यपि, अब स्थिति सामान्य भएको छ र धेरै क्षेत्रहरूमा लगाइएको कफ्र्यू हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा २५ जनाको मृत्यु

गाजा सिटी । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई

चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले वृद्धि

बेइजिङ। चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म

नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण

वासिङ्टन । केक, उपहारहरू र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकहरूले आफ्नो ७०औँ

अमेरिकी उपराष्ट्रपति भान्स आर्थिक, व्यापार र भू– राजनीतिक सम्बन्धबारे द्विपक्षीय वार्ताका लागि भारत भ्रमण आउँदै

नयाँदिल्ली । अमेरिका र भारतले आर्थिक अवसरहरू खोल्न र द्विपक्षीय व्यापार सम्झौताका लागि