नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु



नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले तीन दिने शोकको घोषणा गरेको छ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजन मार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरुको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएको जनाएको छ। मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो।

आतङ्ककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ। सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएकोे छ।

मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध समुहहरू वर्षौँदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानाको नजिकको क्षेत्रमा आक्रमण भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित