नेतन्याहूद्वारा गुप्तचर निकायका प्रमुख बर्खास्त



बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणको पूर्वानुमान गर्न विफल भएको भन्दै देशको आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुखलाई पदमुक्त गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रोनेन बारलाई हटाउने औपचारिक निर्णय गरेको हो । शिन बेट इजरेलको आन्तरिक गुप्तचर निकाय हो। युद्धमा यो निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले गर्ने गतिविधि र यसमा संलग्न हुने व्यक्तिहरूलाई राज्यले गोप्य राख्छ ।

प्रधानमन्त्रीका उच्च सहयोगीहरूले कतारको पक्षमा पैरवी गरिरहेको विषयमा शेन बेटको छानबिन गरिरहेको थियो । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा नेतन्याहू र बारबीच गम्भीर मतभेद थियो। दुवैले एकअर्कालाई विफल भएको आरोप लगाउने गरेका छन्।

यो निर्णयबाट बारलाई पदमुक्त गर्ने नेतन्याहूको योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरूलाई आक्रोशित तुल्याउने देखिन्छ । बार सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए ।

आइतबार एउटा भिडियो सन्देशमा नेतन्याहूले बारलाई पदमुक्त गर्ने आफ्नो उद्देश्य घोषणा गरेका थिए। उनले आफूहरूबीच ‘अविश्वास कायम’ रहेको र ‘समयक्रममा त्यो अझ बढेको’ बताए ।

यो घोषणाले आक्रोश उत्पन्न गराएको थियो र जेरुसलेममा सरकारविरोधी प्रदर्शनहरू चर्किएका थिए। इजरेलले गाजामा गरेका ताजा आक्रमणको विरोध गर्दै हजारौँ मानिसहरू सडकमा भेला भएका थिए । बारले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्मारको मध्यभागमा ७.७ म्याग्निट्यूडको भूकम्प

बीबीसी । म्यान्मारको मध्यभागमा आएको ७.७ म्याग्निट्यूडको भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाइल्यान्डका

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ: जापानी प्रधानमन्त्री

टोकियो । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

चीनका राष्ट्रपति सीद्वारा बङ्गलादेशी नेतासँग गहिरो सहकार्यको प्रतिबद्धता

बेइजिङ । ढाकाले भारतसँग चिसिएको सम्बन्धलाई सन्तुलित गर्न नयाँ मित्र खोजिरहेका बेला चीनका

रूससँग उच्चस्तरीय वार्ताका लागि अझै सही समय नभएको रुबियोको भनाइ

  मियामी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन युद्ध अन्त्य गर्न वासिङ्टनको प्रयासमा