बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
यसअघि उनले चुनावी अभियानकै क्रममा शिक्षा मन्त्रालयले अमेरिकालाई कुनै फाइदा गरी नरहेको बताएका थिए । अब यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद कांग्रेसको अनुमोदन चाहिन्छ ।
ट्रम्पले हालै भारी मात्रामा मन्त्रालयका कर्मचारी कटौतीको घोषण गरेका थिए । ती कर्मचारी र मन्त्रालय बन्द भएपछि निकालिने अरु सबै कर्मचारीबाट ट्रम्पले कानूनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई व्यापार गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आगामी ४५ दिनमा ती आदेशहरू लागू हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ । ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु…
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका अर्बपति प्रविधिविद् एलन मस्कले बजेट कटौती बिना अमेरिका ‘दिवालिया’ बन्ने बताएका छन् । मस्कले नवनिर्मित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)’ अन्तर्गतको प्रयासको नेतृत्व गरिरहेका छन् र उनले आफ्नो अध्ययनबारे ट्रम्पलाई जानकारी गराउँदै भने, 'बजेट कटौती बिना…
वासिङ्टन । अमेरिकाका एक संघीय न्यायाधीशले एलन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज )’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन्। अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) लाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले…