अमेरिकाको टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट



अस्टन । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

एबीसी न्यूजका अनुसार, स्थानीय समयअनुसार बेलुका ८ः१६ बजे डढेलो १० प्रतिशत नियन्त्रणमा आएको थियो । धेरै संरचनाहरू प्रभावित भएका छन् । कम्तीमा १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरू प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरूले कन्टेन्ट लाइन स्थापना गरिरहेका जनाएको छ । हेलिकोप्टरहरूले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए । साम ह्युस्टन राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो सहरबाट करिब एक घण्टाको दुरीमा छ ।

यसअघि बुधबार, राष्ट्रिय मौसम सेवाले ह्युस्टनको पश्चिमका काउन्टीहरूका लागि चेतावनीमा जारी गर्‍यो, जसले जगलको डढेलोको उच्च जोखिमलाई संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

मस्को । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता

शेन्झाउ–१९ टोली तेस्रो बाह्य गतिविधिको लागि तयार

बेइजिङ । चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिन

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो

गाजापट्टी । इजरायलले रातभर र बिहीबारसम्म गाजापट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१