इजरायली सेनाको आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु



बीबीसी । इजरायली सेनाले गाजापट्टीमा व्यापक हमला गरेको छ । गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायली सेनाको आक्रमणबाट कम्तिमा ३४ प्यालेस्टिनीहरू मारिएका छन् भने ७० जना घाइते भएका छन् ।

इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादी लक्ष्यहरुलाई लक्षित आक्रमण गरिरहेको बताएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा भएको यो ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविराम बढाउने वार्ताहरू सम्झौतामा पुग्न असफल भइरहेका बेला यो आक्रमण भएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले मंगलबार बिहान हमलाको आदेश दिएका थिए । चिकित्सक र प्रत्यक्षदर्शीहरूका अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहमा लक्षित गरी आक्रमण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा फेरि चर्कियो लडाईं, २०० जनाको मृत्यु

बीबीसी । इजरायली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा युद्धविराम सुरु भएयताकै ठूला हवाई

राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको इरानको भनाइ

  तेहरान । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले आफ्नो देश संयुक्त राष्ट्रसङ्घको आणविक संस्थाका

‘उल्लेखनीय सङ्ख्या’ का राष्ट्रहरूले युक्रेन गठबन्धनमा सैनिक प्रदान गर्नेछन् : बेलायत

लन्डन । बेलायत सरकारले युक्रेनमा कुनै पनि युद्धविरामको रक्षा गर्न तथाकथित गठबन्धनको एक

जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाको निमन्त्रणा

ओटावा । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा