भारतसँगको लामो समयदेखि रोकिएको मुक्त व्यापार सम्झौता पुनर्जीवित गर्दै न्युजिल्यान्ड



नयाँदिल्ली । भारत र न्युजिल्यान्डले सोमबार नयाँदिल्लीमा दुवै देशका नेताहरूको भेटपछि लगभग एक दशकदेखि रोकिएका मुक्त व्यापार वार्तालाई पुनर्जीवित गरेका छन् ।

आंशिक रूपमा विश्वको सबैभन्दा ठूलो दुध उत्पादकमध्ये एक न्युजिल्यान्डले भारतको अत्यधिक संरक्षित दुग्ध क्षेत्रमा पहुँच प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरामा न्युजिल्यान्ड र विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रबीच मुक्त व्यापार सम्झौता गर्ने प्रयासहरू असफल भएका थिए ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए र दुवै देशले ‘सन्तुलित, महत्त्वाकांक्षी र व्यापक सम्झौता’ को दिशामा काम गर्ने बताए ।

“वार्ताले हाम्रा देश र हाम्रा जनताका लागि अवसरहरू विस्तार गर्नेछ र हामी पारस्परिक रूपमा फाइदाजनक सम्झौतामा पुग्न तत्पर छौँ”, प्रधानमन्त्री लक्सनले भने ।

दुवै नेता दुग्ध, खाद्य प्रशोधन र औषधि उद्योगमा ‘आपसी सहयोग र लगानी’ गर्न सहमत भएको मोदीले बताए । “हाम्रो साझेदारी दुवै देशका लागि एक जित–जित साझेदारी हुनेछ”, उनले भने ।

दुवै देशले शिक्षा, रक्षा र खेलकुद क्षेत्रहरूमा सहयोगका लागि सम्झौताहरूमा हस्ताक्षर गरेका छन् ।“लक्सन र मोदी भारत र न्युजिल्यान्डबीचको व्यापार र लगानी सम्बन्ध बढाउन यसको अप्रयुक्त सम्भावनालाई महसुस गर्न र समावेशी र दिगो आर्थिक वृद्धिमा योगदान गर्न सहमत हुनुभएको छ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पूर्वराष्ट्रपति जो बाइडेनद्वारा काङ्ग्रेसका सदस्यहरूलाई जारी

अदालतले रोक लगाए पनि भेनेजुएलाका २३८ आप्रवासी अमेरिकाबाट देशनिकाला

बीबीसी । भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लागेका २०० जनाभन्दा

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न

बङ्गलादेशका नेता युनुस चीन भ्रमणमा जाने

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना