उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु



म्यासेडोनिया । उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको मृत्यु भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ।

म्यासेडोनियाका पूर्वी सहर कोकानीस्थित ‘क्लब पल्स’ मा भएको आगलागीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको गृहमन्त्री पान्स टोस्कोभस्कीले बताएका हुन्।

डीएनके नामक एक लोकप्रिय हिप–हप जोडी हेर्नको लागि करिब एक हजार भन्दा बढी युवा प्रशंसकहरू भेला भएको र उक्त स्थानमा एक्कासी आगलागी भएको बताइएको छ।

‘कन्सर्टमा ‘लाइट इफेक्ट’ का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’ को प्रयोगका कारण आगलागी भएको हुन सक्छ,’ तोस्कोभस्कीले भने।

उनले भने, ‘ज्वालाले सजिलै ज्वलनशील पदार्थले बनेको छतलाई समात्यो, त्यसपछि आगो पूरै बाक्लो धुवाँसहित हलमा फैलियो।’

हेलिकप्टरले केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पुर्याइएको छ। तीमध्ये २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको अस्पतालका चिकित्सक नेबोजा नास्टोभले अनलाइन सञ्चारमाध्यम एसडीकेलाई बताए।

एसडीकेका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी सुरु भएको थियो। सामाजिक सञ्जालमा पोस्ट गरिएका र आगो लाग्नुअघि खिचिएका भिडियोहरूमा ‘स्टेज फाउन्टेन’ वा ‘स्टेज जेट’ को प्रयोग देखाइएको थियो। यो कार्यक्रमको क्रममा प्रयोग हुने एक प्रकारको हलमा प्रयोग गरिने आतिशबाजी हो।

म्यासेडोनियाका सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य भिडियोमा भवनको प्रवेशद्वारमा आगोको लप्काले कालो पारेको देखिएको छ।

‘अहिलेसम्म हामीसँग भएको तथ्यांकअनुसार ५१ जनाले ज्यान गुमाएका छन्,’ घटनास्थलको अवलोकनपछि गृहमन्त्री टोस्कोभस्कीले भने, ‘करिब १०० व्यक्ति घाइते भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशको अदालतद्वारा सन् २०१९ को हत्या मामिलामा २०  जना विद्यार्थीको मृत्युदण्ड सदर

  ढाका । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको

यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता

साना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्ट । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन

हुथी विद्रोहीविरुद्ध अमेरिकी हवाई आक्रमणमा १९ जनाको मृत्यु

बीबीसी । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरेको छ । अमेरिकी