युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई जी-७ को समर्थन



 

क्यानाडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी७ विदेशमन्त्रीहरूको समूहले युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई समर्थन गर्दै एकीकृत वक्तव्यमा पुगेको आयोजक क्यानाडाले  बताएको छ ।

“हाम्रो लामो कुराकानीको माध्यमबाट, हामीले छलफल गरिएका विभिन्न मुद्दाहरूमा बलियो जी७ एकता फेला पार्न सक्षम भयौँ र विशेष गरी युक्रेनसँग जोडिएको कुरा म प्रकाश पार्न चाहन्छु”, क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले क्युबेकमा वार्ताको अन्तिम दिन पत्रकारहरूलाई भनिन्, “सबै जी७ विदेशमन्त्रीहरू युद्धविरामको अमेरिकी प्रस्तावसँग सहमत छन् जुन युक्रेनीहरूले समर्थन गरेका छन् र हामी अब अध्ययन गरिरहेका छौँ र रूसी प्रतिक्रियालाई हेरिरहेका छौँ, अन्ततः युक्रेनको मामिलामा अब बल रुसको कोर्टमा छ ।”

बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका संलग्न धनी प्रजातन्त्रहरूको क्लब कार्यालयमा फर्किएपछि ट्रम्पको रुसप्रति पहुँच र युक्रेनमाथि उनको भारी दबाबले विचलित भएको छ । युक्रेनमाथि मस्कोले सन् २०२२ मा आक्रमण गरेको थियो।

तर क्युबेक वार्तामा भाग लिइरहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार साउदी अरबमा युक्रेनी अधिकारीहरूलाई भेटेपछि र किएभले ३० दिनको बिना शर्त युद्धविरामको प्रस्तावलाई समर्थन गरेपछि कूटनीति नाटकीय रूपमा मङ्गलबार परिवर्तन भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुर्स्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप

श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू

श्रीलंका । श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका

अमेरिकालाई ‘विनाशकारी’ कोष कटौती फिर्ता लिन एचआइभी चिकित्सकहरूको आग्रह

पेरिस । सयौँ एचआइभी चिकित्सक र अनुसन्धानकर्ताहरूले एड्स विरुद्धको विश्वव्यापी लडाइँमा ‘विनाशकारी हानि’

युक्रेनलाई यसै वर्ष ४० अर्ब युरोसम्मको हतियार उपलब्ध गराउन सदस्य राष्ट्रहरूलाई इयुको आग्रह

  ब्रसेल्स । युरोपली सङ्घ (इयु) ले आफ्ना सदस्य राष्ट्रहरूलाई यस वर्ष युक्रेनलाई