नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै



लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७ः४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो ।

तर नासाका अनुसार फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको थियो ।

नासाका अनुसार, मिसन प्रबन्धकहरूले बुधबार साँझ भेट गरे र अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे ।

यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोर सहित चार क्रू–९ अन्तरिक्ष यात्रीहरूलाई घर ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

याङ्गुन । महत्वपूर्ण कोषको कमीको कारणले म्यान्माका १० लाख भन्दा बढी मानिस अप्रिलदेखि

आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा

बेइजिङ । चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका

भारतीय अन्तरिक्ष मिशन :स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँदिल्ली ।  भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत दुईवटा

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक