ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी



वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट लगाइएको करको बदलामा इयू मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तराष्ट्रिय प्रतिस्पर्धी र साझेदार मुलुकसमेत विरुद्ध व्यापार युद्ध सुरु गरेका छन् । व्यापार र अन्य नीतिगत मुद्दाहरूमा देशहरूलाई दबाब दिने उपकरणको रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आएका छन् ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले यूरोपेली मदिराजन्य आयातमा नयाँ करवृद्धिको घोषणा गरेका हुन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “यदि यो कर वृद्धि तत्काल हटाइएन भने अमेरिकाले चाँडै नै फ्रान्स र अन्य इयकोू प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, शैम्पेन र मदिराजन्य उत्पादनमा २०० प्रतिशत कर लगाउनेछ।”

ट्रम्पले अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत करलाई ’नराम्रो’ भन्दै समूहको कडा आलोचना गरेका छन् ।

उनले इयू राष्ट्रलाई ‘विश्वको सबैभन्दा शत्रुतापूर्ण र अपमानजनक कर लगाउने र राजश्व उठाउने मुलुकहरूमध्ये एक’ को संज्ञा दिए । उनले भने, “संयुक्त राज्य अमेरिकाबाट फाइदा लिने एकमात्र उद्देश्यको लागि इयूको गठन भएको थियो।”

ट्रम्पको पछिल्लो घोषणापछि फ्रान्सले वाइन र मदिराजन्य सामानमा लगाइएको कुनै पनि करको प्रतिकार गर्ने बताएको छ ।

विदेश व्यापार मन्त्री लोरेन्ट सेन्ट मार्टिनले भने, “हामी चेतावनीको अगाडि झुक्ने छैनौँ । फ्रान्स ‘प्रतिकार गर्न कटिबद्ध’ रहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी

पुटिनले युद्धविराममा ट्रम्पलाई ‘अतिरिक्त’ सङ्केत पठाएको क्रेमलिनको भनाइ

मस्को । रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा वासिङ्टनद्वारा प्रस्तावित युद्धविरामका बारेमा समकक्षी

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

याङ्गुन । महत्वपूर्ण कोषको कमीको कारणले म्यान्माका १० लाख भन्दा बढी मानिस अप्रिलदेखि

आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा

बेइजिङ । चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका