भारतको बायर्निहाट शहर विश्वव्यापी प्रदूषण सूचीको शीर्ष स्थानमा
नयाँदिल्ली । स्वीस वायु निगरानी कम्पनी आईक्यु एयरद्वारा जारी गरिएको विश्व वायु गुणस्तर प्रतिवेदन सन् २०२४ अनुसार भारतको उत्तरपूर्वी राज्य मेघालयको बर्निहाटलाई विश्वको सबैभन्दा प्रदूषित स्थानको रूपमा पहिचान गरिएको छ ।
यस शहरमा एः२.५ सांद्रता १२८.२ माइक्रोग्राम प्रति घन मिटर छ, जुन दिल्ली भन्दा बढी हो । दिल्लीमा एः२.५ स्तर १०८.३ माइक्रोग्राम प्रति घन मिटरको साथ दोस्रो स्थानमा छ ।
असम–मेघालय सीमामा अवस्थित बायर्निहाटमा द्रुत गतिमा औद्योगिकीकरण भएको छ, जहाँ सिमेन्ट कारखाना र स्टील प्लान्टहरू छन्, जसले गर्दा गम्भीर प्रदूषण बढेको छ । विश्वका सबैभन्दा प्रदूषित नौ सहरमध्ये ६ वटा भारतमा रहेका प्रतिवेदनमा भनिएको छ ।