अमेरिका र रुसका गुप्तचर प्रमुखहरू नियमित सम्पर्क कायम राख्न सहमत



मस्को । अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखहरूले फोनमा कुराकानी गरेको र अमेरिका–रुस सम्बन्धमा तनाव कम गर्न नियमित सम्पर्क कायम राख्न सहमत भएको बुधबारका समाचार रिपोर्टहरूले जनाएका छन् ।

धेरै वर्षपछि पहिलो पटक यस्तो सम्पर्कमा सिआइए प्रमुख जोन र्‍याटक्लिफ र रुसको बाह्य गुप्तचर एजेन्सी एसभिआरका प्रमुख सर्गेई नारिस्किनले मङ्गलबार फोनमा कुरा गरेको सरकारी तास एजेन्सीले जनाएको छ ।

उनीहरू आफ्ना एजेन्सीहरूबीच ‘अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षामा योगदान पुर्‍याउनका साथै मस्को र वासिङ्टनबीचको सम्बन्धमा द्वन्द्व कम गर्न’ ‘नियमित सम्पर्क’ गर्न सहमत भएको छ ।

यो फोनवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षे युक्रेन सङ्घर्ष अन्त्य गर्ने प्रतिज्ञा गर्दै पदभार सम्हालेपछि पहिलो यस्तो सम्पर्क थियो ।

युक्रेनले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई समर्थन गरेको र साउदी अरबमा सङ्कटपूर्ण वार्तामा रुससँग तत्काल वार्ता गर्न सहमत भएकै दिन यो फोनवार्ता भएको थियो ।

सिआइए र एसभिआरका प्रमुखहरूबीच अन्तिम सम्पर्क सन् २०२२ नोभेम्बरमा भएको थियो । त्यसबेला नारिस्किनले अङ्कारामा तत्कालीन सिआइए प्रमुख विलियम बन्र्ससँग कुरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै, स्वदेश फिर्ता गर्न छोरीको अपील

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेका वकिलले लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी

ग्रिनल्यान्डको संसदीय चुनावमा अतिराष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त

ग्रिनल्यान्ड । अतिराष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको

भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्म र स्पेसएक्सबीच सम्झौता

मुम्बई। भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्मले बुधबार एलन मस्कको स्पेसएक्ससँग स्टारलिङ्कको उपग्रह

ट्रम्पको व्यापार युद्धपछि रुबियो क्यानाडा जाँदै

जेद्दा । अमेरिकी विदेशमन्त्री मार्को रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको उच्चस्तरीय भ्रमणमा बुधबार