फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे पक्राउ
बीबीसी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले ‘लागुऔषध विरुद्धको युद्ध’ मा मानवता विरुद्धको अपराधको आरोप लगाउँदै वारेन्ट जारी गरेपछि फिलिपिन्स प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको हो ।
हङकङबाट आइपुगेको केही समयपछि नै डुटेर्टेलाई मनिला विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो । सन् २०१६ देखि २०२२ सम्म राष्ट्रपति हुँदा डुटेर्टेको क्रूर लागूऔषध विरोधी कारबाहीमा हजारौं मानिसहरू मारिएका थिए ।
७९ वर्षीय उनले सम्भावित गिरफ्तारीको रिपोर्टको जवाफ दिँदै पहिले नै आफू जेल जान तयार रहेको बताएका थिए ।
डुटेर्टेका पूर्व प्रवक्ता साल्भाडोर पानेलोले गिरफ्तारीलाई आलोचना गर्दै यो गैरकानूनी भएको बताएका छन् । आगामी मे १२ मा हुने मध्यावधि चुनावमा आफ्नो सिनेटरको लागि प्रचार गर्न डुटेर्टे हङकङमा थिए ।