लिबियाको तटबाट ५६३ आप्रवासीको उद्धार



त्रिपोली । आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ५६३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ ।

“मार्च २ देखि ८ सम्म, ५६३ आप्रवासीहरूलाई रोकेर लिबिया फिर्ता पठाइएको थियो,” आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ । आप्रवासीमा ४३ महिला र १२ बालबालिका रहेको आईओएमले जनाएको छ । यससँगै एक आप्रवासीको शव पनि बरामद भएको छ ।

आईओएमको तथ्याङ्क अनुसार यस वर्ष अहिलेसम्म जम्मा चार हजार ७६७ आप्रवासीलाई रोकेर लिबियामा फिर्ता पठाइएको छ, जबकि ८२ आप्रवासीको मृत्यु मध्य भूमध्यसागरीय मार्गमा भएको र अन्य ५८ जना बेपत्ता भएका छन् ।

सन् २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको

पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० जना रेलका यात्रु बन्धक

क्वेटा । पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन्

ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत

नयाँदिल्ली ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

जेद्दा (साउदी अरेबिया)। रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग