ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर मुम्बईमा ४ जनाको मृत्यु



मुम्बई । मुम्बईको नागपाडाको मिन्ट रोडमा गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै निर्माणाधीन भवनमा पानीको ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर चार जना कामदारको मृत्यु भएको छ ।

निसास्सिएर हसिपाल शेख (१९), राजा शेख (२०), जिउल्ला शेख (३६) र इमान्डु शेख (३८) का मृत्यु भएको प्रहरीले जनाएको छ । पानी ट्याङ्कीमा उपस्थित पाँचौं कामदार पुरहान शेख (३१) लाई अस्पतालमा भर्ना गरिएको र उनको उपचार भइरहेको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) अधिकारीहरूका अनुसार, घटना मिन्ट रोड नागपाडा मुम्बईको गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै १२.२९ बजे भएको र मुम्बई फायर ब्रिगेड (एमएफबी) लाई १.३५ बजे रिपोर्ट गरिएको जनाएको छ । बीएमसी अधिकारीहरूले एक मजदुरलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ’

बीबीसी । क्यानडाको आगामी प्रधानमन्त्री बन्ने दौडमा जस्टिन ट्रुडोलाई विस्थापित गर्न सफल मार्क

सिरियामा सर्वसाधारणको हत्या बन्द गर्न राष्ट्रसङ्घको आग्रह

जेनेभा । संयुक्त राष्ट्र सङ्घले उत्तरपश्चिमी सिरियामा भएको हिंसाको तत्काल अन्त्य गर्न आह्वान

विश्व उड्डयन बजारमा भारतको तीव्र वृद्धि

बैङ्गलोर । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अन्तरिक्ष युद्धमा भारतले ‘एन्टी–स्याटेलाइट’ जस्ता सबैभन्दा उन्नत

दक्षिण सुडानमा तत्काल युद्ध अन्त्य गर्न अफ्रिकी सङ्घको आग्रह

आदिस अबाबा । अफ्रिकी युनियन (एयू) आयोगका प्रमुख मोसा फकी महामतले दक्षिण सुडानमा