चीनमा छेपारोको नयाँ प्रजाति फेला



चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा छेपारोको नयाँ प्रजाति फेला परेको छेङ्दु नेचर रिजर्भ तथा वन्यजन्तु संरक्षण केन्द्रले जनाएको छ ।

यसलाई ‘सिन्सेल्ला चेङ्गडुएनसिस एसपी’ नाम दिइएको छ । यो प्रजाति सिन्सेल्ला जीनससँग सम्बन्धित छ । विश्वव्यापी रूपमा यस जीनसका ४३ प्रजातिहरू पहिचान गरिएको छ । मुख्य रूपमा एशिया, उत्तरी अमेरिका र मध्य अमेरिकामा र चीनमा यो प्रजाति देखिने गरिन्छ ।

नयाँ पहिचान गरिएका प्रजातिको पातलो, मध्यम आकारको शरीर हुन्छ, जसको लम्बाइ २८.४ देखि ४३.२ मिमी सम्म हुन्छ ।
यो खोज यसै वर्ष अन्तर्राष्ट्रिय जर्नल एनिमल्समा प्रकाशित भएको थियो ।

उक्त प्रजाति पाँच हजार मिटरभन्दा बढीको उचाइको दायरा भएको भूभागमा पाइन्छ । यसलाई जैवविविधताको सन्दर्भमा चीनको शीर्ष मेगासिटी मध्येको सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते

सियोल । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका

रोहिङ्ग्या शरणार्थीको खाद्यान्न सहायता आधा घटाइने

बंगलादेश । संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १०

सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहा नगरे हमासलाई सफाया गर्ने चेतावनी

बाढी रोक्न इन्डोनेसियाको वैज्ञानिक उपाय

जकार्ता । इन्डोनेसियाले जकार्ता र यसको वरपरका क्षेत्रहरूमा आएको भीषण बाढीलाई कम गर्न