रक्षा बजेट वृद्धि गर्न अमेरिकाले गरेको आग्रह जापानद्वारा अस्वीकार



टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै जापानले आफ्नो रक्षा बजेट आफैं तय गर्ने बताएका छन् ।

माथिलो सदनको बजेट बैठक समितिमा मन्तव्य राख्ने क्रममा उनले जापानले आफ्नो रक्षा बजेट आफैं निर्धारण गर्ने र अरू देशको निर्देशनमा आफ्नो निर्णय नगर्ने बताए ।

ट्रम्प प्रशासनले नीतिका लागि रक्षा सचिवमा नियुक्त गरेको एल्ब्रिज कोल्बीले जापानले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा पुर्याउनुपर्ने बयान दिएपछि यो टिप्पणी आएको हो ।

जापानका मुख्य क्याबिनेट सेक्रेटरी योशिमासा हयाशीले बुधबार पत्रकार सम्मेलनमा जापान सरकारले आर्थिक वर्ष सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्याउने दिशामा काम गरिरहेको बताए । उनले रकमभन्दा पनि रक्षा क्षमताको वस्तुमा ध्यान दिनु पर्नेमा जोड दिए ।

जापानले आफ्नो सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा रक्षा खर्चलाई आर्थिक सन् २०२७ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते

सियोल । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका

रोहिङ्ग्या शरणार्थीको खाद्यान्न सहायता आधा घटाइने

बंगलादेश । संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १०

सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहा नगरे हमासलाई सफाया गर्ने चेतावनी

चीनमा छेपारोको नयाँ प्रजाति फेला

चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा छेपारोको नयाँ प्रजाति फेला परेको