युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक



मस्को । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ भनेको छ।

युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबीच अकल्पनीय विवादबीच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीको एक प्रश्नको जवाफमा भने, “यो दृष्टिकोण सामान्यतया सकारात्मक छ ।”

अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीबाट प्राप्त पत्रलाई ठूलो स्वरमा पढेर सुनाउनुभएको थियो जसमा युक्रेनी नेताले आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए । क्रेमलिनले जेलेन्स्कीसँग वार्ता गर्ने कि नगर्ने भन्नेमा पटक–पटक शङ्का व्यक्त गर्दै आएको छ ।

बुधबार पेस्कोभले जेलेन्स्कीले जारी गरेको आदेशको हवाला दिँदै पुटिनसँग प्रत्यक्ष वार्ता गर्न नमिल्ने बताएका थिए ।

युक्रेनी नेताले धेरै पटक पुटिनलाई भेट्न आफू इच्छुक रहेको बताउँदै आएका छन् । यद्यपि, किएभ र उसका पश्चिमी सहयोगीहरूले वार्ताको साझा अडानमा सहमति जनाएपछि मात्र यो सम्भव हुने बताएका छन् ।

मस्कोले सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएपछि जेलेन्स्कीको पाँच वर्षे कार्यकाल समाप्त भएको भन्दै वार्ताका लागि वैध नेता नभएको आरोप लगाएको छ । युक्रेनको सैनिक कानुनअनुसार युद्धकालमा चुनावमाथि प्रतिबन्ध लगाइएको छ ।

जेलेन्स्कीका प्रमुख युरोपेली समर्थकहरूले रुसको पूर्ण आक्रमणका बीच मतदान स्थगनको समर्थन गरेका छन् । यद्यपि, ट्रम्पले युक्रेनी नेता स्वदेशमा व्यापक रूपमा अलोकप्रिय भएको झूटो दाबी गरेका छन् र उनलाई चुनाव गराउन आह्वान गरेका छन् ।

गत शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय (ओभल अफिस) मा जेलेन्स्कीसँग भएको चर्काचर्कीपछि ट्रम्पले किएभलाई अमेरिकी सैन्य सहायता रोक्ने घोषणा गरेका थिए ।

ट्रम्पले युक्रेनलाई मस्कोको पक्षमा रहेको शान्ति सम्झौता स्वीकार गर्न बाध्य पार्न खोजेको हो कि भन्दै किएभ र युरोपभरि नै आशङ्का व्यक्त गरिएको छ ।

यसैबीच रुसी सेनाले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को एउटा सानो गाउँ कब्जामा लिएको मस्कोस्थित रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु) को तथ्याङ्कअनुसार रुसले धेरै जमिन कब्जा गरे पनि फेब्रुअरीमा रुसको प्रगतिको गति सुस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा छेपारोको नयाँ प्रजाति फेला

चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा छेपारोको नयाँ प्रजाति फेला परेको

बाढी रोक्न इन्डोनेसियाको वैज्ञानिक उपाय

जकार्ता । इन्डोनेसियाले जकार्ता र यसको वरपरका क्षेत्रहरूमा आएको भीषण बाढीलाई कम गर्न

रक्षा बजेट वृद्धि गर्न अमेरिकाले गरेको आग्रह जापानद्वारा अस्वीकार

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै

जापानले बिक्रीमा राख्यो विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी

टोकियो । जापानले विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार