नयाँ कर नीतिले केही अस्थिरता ल्याए पनि घरेलु उद्योगलाई फाइदा हुने ट्रम्पको भनाई



वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अर्थव्यवस्थामा करसम्बन्धी नयाँ निर्णयले केही ‘अस्थिरता’ ल्याउने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई घरेलु उद्योगको विकासको एक उपकरणका रूपमा प्रस्तुत गरेका छन् ।

“करहरू केवल अमेरिकी रोजगारीको संरक्षण मात्र होइन । यो हाम्रो देशको आत्माको संरक्षण हो”, ट्रम्पले संयुक्त सदनलाई सम्बोधन गर्दै भने, “केही अस्थिरता आउनेछ तर हामी त्यसका लागि तयार छौंँ, त्यति धेरै होइन ।”

“त्यहाँ थोरै गडबडी हुनेछ तर हामी यससँग ठिक छौँ, यो धेरै हुनेछैन”, उनले भने ।

संयुक्त राज्य अमेरिकामा आफ्ना उत्पादनहरू नबनाउने कम्पनीहरूले अतिरिक्त करहरू तिर्नुपर्ने चेतावनी दिँदै उनले भने, “केही अवस्थामा धेरै बढी कर ।”

ट्रम्पले युरोपेली सङ्घ (इयु) र क्यानाडा, ब्राजिल, भारत, मेक्सिको र दक्षिण कोरियालगायतका देशहरूमा ‘अन्यायपूर्ण’ व्यापारिक अभ्यासहरूको आलोचना गरे । “यो मित्र र शत्रु दुवैबाट भइरहेको छ । यो प्रणाली संयुक्त राज्य अमेरिकाका लागि उचित छैन र कहिल्यै पनि थिएन”, उनले भने ।

उनले अमेरिकी व्यापारिक साझेदारहरूका लागि तयार पारिएको पारस्परिक कर अप्रिल २ देखि लागु हुने जानकारी दिए । ट्रम्पले रोजगारी सिर्जनाका साथै करबाट ‘खर्बौं डलर’ प्राप्त गर्ने वाचा गरे ।

कार्यालयमा फर्केपछि ट्रम्पले क्यानाडा, मेक्सिको र चीनबाट आउने १४ खर्ब डलरका आयातमा करहरू लगाउन चाँडै काम गरेकाे र थप करहरू पाइपलाइनमा छन् ।

यी कदमले वित्तीय बजारमा ठूलो हलचल ल्याएको छ । यसले तीव्र प्रतिशोधका साथ विपरीत कर र अन्य उपायहरू आकर्षित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा छेपारोको नयाँ प्रजाति फेला

चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा छेपारोको नयाँ प्रजाति फेला परेको

बाढी रोक्न इन्डोनेसियाको वैज्ञानिक उपाय

जकार्ता । इन्डोनेसियाले जकार्ता र यसको वरपरका क्षेत्रहरूमा आएको भीषण बाढीलाई कम गर्न

रक्षा बजेट वृद्धि गर्न अमेरिकाले गरेको आग्रह जापानद्वारा अस्वीकार

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै

जापानले बिक्रीमा राख्यो विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी

टोकियो । जापानले विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार