अमेरिकामा दादुराको प्रकोप बढ्दो



ह्युस्टन । अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन्। यो प्रकोप महिनौंसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिएका छन्। टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको जनाएको छ।

सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाइको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा. जेनिफर शुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताइन्।

‘हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन्। केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूयोर्कमा साढे १० महिनासम्म चलेको थियो ,’ शुफोर्डले थपिन्।

पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि संख्या बढ्दै गएको छ। सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन्। धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन्।

टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो। यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो। दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्प भन्छन्-शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न सक्दैनन्

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो

इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी

जकार्ता । इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी

जापानको श्रम बजार स्थिर

टोकियो । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको