अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता



बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।

रुससँग जारी युक्रेन युद्ध अन्त्य गर्नमा आफूहरूको सैन्य सहायताले योगदान पुर्याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा गरिने अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो । उसले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण अस्त्रहरू प्रदान गर्दै आएको थियो। युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अमेरिकी समकक्षी ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भनाभन भएको थियो ।

ट्रम्पले जेलेन्स्कीलाई ‘तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको’ आरोप लगाएपछि जेलेन्स्की चिढिएका थिए । सोमबार फेरि ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै शान्ति सम्झौतालाई समर्थन नगरेमा उनी लामो समय पदमा नरहन सक्ने टिप्पणी गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेनलाई दिइने सैन्य सहायता रोक्का गरिएकोबारे एउटा वक्तव्य सार्वजनिक गरेका छन्।

‘वर्तमान समयमा राष्ट्रपति ट्रम्प मात्र विश्वका एक नेता छन् जोसँग युक्रेनमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गराउने एउटा मौका छ,’ रुबिओले भनेका छन्। युक्रेनलाई सैन्य सहायता रोक्काबारे ट्रम्प प्रशासनको तर्फबाट आएको यो नै पहिलो सार्वजनिक टिप्पणी हो।

तर पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्वनिर्देशक माइकल कार्पेन्टरले चाहिँ ट्रम्पको कदमप्रति आश्चर्य प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी

जकार्ता । इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी

जापानको श्रम बजार स्थिर

टोकियो । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

ढाका । विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति

सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

स्पेन । फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न