बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने



म्युनिख । । बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।

प्लान्टले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडलहरूको उत्पादनको तयारीलाई पनि अघि बढाइरहेको छ, जसको उत्पादन सन् २०२६ को गर्मीमा सुरु हुने तालिका छ ।

बीएमडब्लु समूहले सन् २०३० सम्ममा ईभीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ । हाल, म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरू निर्माण गरिरहेको छ ।

“उत्पादन प्रक्रिया र सटीक स्वचालन कन्फिगरेसनहरू अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,” म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसविरुद्धको साइबर गतिविधिसम्बन्धी कारबाही रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन

वासिङ्टन । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले रुसविरुद्धको साइबर कारबाहीलाई रोक्न आदेश दिएको अमेरिकी

जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित

टोकियो । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक

युक्रेनलाई हतियार खरिद गर्न थप १.६ अर्ब पाउन्ड सहयोग गर्ने बेलायतको घोषणा

बीबीसी । बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र युद्धग्रस्त

युरोप पुगेर जेलेन्स्कीले भने-हामी अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार