पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु



भारत । भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो । प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो ।

“घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले । उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,” एक प्रहरी अधिकारीले बताए ।

घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सैन्य कारबाहीमा पाकिस्तानमा ६ विद्रोहीको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना

उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

देहरादुन । उत्तरी भारतको सीमाक्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार गरिएको छ ।

टर्कीसँग ४० वर्षको सशस्त्र सङ्घर्षपछि पिकेकेद्वारा युद्धविरामको घोषणा

इस्तानबुल । टर्कीको जेलमा रहेका नेता अब्दुल्लाह ओकालानको अनुरोधपछि कुर्द लडाकू समूह (पिकेके) ले

जेलेन्स्कीसँग ट्रम्पले गरेको व्यवहारप्रति युरोपेली नेताहरु रुष्ट, भने- युक्रेन ‘एक्लो छैन’

वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी