उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी



देहरादुन । उत्तरी भारतको सीमाक्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार गरिएको छ । अझै आठजनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार  बताएका छन् ।

चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लास्थित एक गाउँनजिकै निर्माण शिविरमा शुक्रबार हिमपहिरो खस्दा ५५ कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताए ।

“हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रूपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,” धामीले भने ।स्थानीय प्रहरीले शनिबार विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठको खोजी जारी रहेको जनाएको छ । घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ ।

सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो । सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण ६ हजार मानिसको मृत्यु भएको थियो । र, राज्यमा विकास परियोजनाको पुनरवलोकनको माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टर्कीसँग ४० वर्षको सशस्त्र सङ्घर्षपछि पिकेकेद्वारा युद्धविरामको घोषणा

इस्तानबुल । टर्कीको जेलमा रहेका नेता अब्दुल्लाह ओकालानको अनुरोधपछि कुर्द लडाकू समूह (पिकेके) ले

जेलेन्स्कीसँग ट्रम्पले गरेको व्यवहारप्रति युरोपेली नेताहरु रुष्ट, भने- युक्रेन ‘एक्लो छैन’

वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू