बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी दुई जनाको हत्या



ब्रसेल्स । बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी हत्या भएको छ । आक्रमणमा संलग्न रहेको आशङ्कामा सोही नर्सिङ्ग होमका एक वृद्धलाई पक्राउ गरिएको बेल्जियमका मेयर कोएनराड डेग्रोटेले शुक्रबार बताए ।

पश्चिमी बेल्जियमको डेन्टर्जेममा भएको आक्रमणपछि अस्पतालमा उपचाररत अर्का एक वृद्धले आफ्नो ज्यान जोगाउन सङ्घर्ष गर्नुपरेको बताएका नगरपालिका प्रमुखले एएफपीलाई बताए ।

नगर प्रमुखका अनुसार मृत्यु हुनेमा दुबै ९० वर्षका रहेका छन् । डेग्रोटेका अनुसार संदिग्ध आक्रमणकारी पनि नर्सिङ होममा बस्ने नै हुन् ।

स्थानीय अभियोजकको कार्यालयले एएफपीलाई दिएको जानकारीमा दुई जनाको हत्यापछि एक जनालाई पक्राउ गरिएको र आक्रमणमा घाइते भएका अर्का एक जना अस्पतालमा रहेको पुष्टि गरेको छ । घटनाको कारण तत्काल खुल्न नसकेको र अनुसन्धानपछि जानकारी गराउने स्थानी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा यात्रु बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, १५ घाइते

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार यात्रु बस दुर्घटना हुँदा  कम्तीमा आठ

उत्तराखण्डको चमोली जिल्लामा ठूलो हिमपहिरो , सडक निर्माणमा खटिएका ४७ जना फसे

उत्तराखण्ड । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक

भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर

नयाँदिल्ली । युरोपेली सङ्घ (इयु) ले भारतसँग सुरक्षा र रक्षा साझेदारी अन्वेषण गरिरहेको

अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक